Rule 8
साथमा राख्न, लैजान वा प्रयोग गर्न नपाइने वस्तुहरू

संरक्षकको लिखित अनुमति नलिई कुनै व्यक्तिले निकुञ्जभित्र प्रवेश गर्दा वा रहँदा वा नियम १८ बमोजिम तोकिएको बाटोबाट हिंड्दा देहायका चीज वस्तुहरू साथमा लैजान, राख्न वा प्रयोग गर्न पाउने छैन:-

(क)   धनुषवाण, भाला, दर्जन, पासो, जाल, धराप, गुलेली वा चोट पुर्‍याउन सकिने वा गोली चलाइने जुनसुकै हातहतिहार, खरखजाना, विष, विष्फोटक पदार्थ वा सो प्रयोग गर्ने साधनहरू,

(ख)   आखेटोपहार वा कुनै वन्यजन्तुको सुकेको वा आलो मासु ।

तर स्थानीय व्यक्ति निकुञ्ज भएर मात्र पुग्न सकिने गाउँको व्यक्तिले आफ्नो घरायसी कामको लागि खुकुरी, बन्चरो र यस्तै हातहतियार मात्र निकुञ्ज भएर लैजान बाधा पर्नेछैन ।